|

काठमाडौं : प्रतिनिधि सभा विघटन विरोधमा नमूना संसदमा राष्ट्रिय सभा बैठक गरी विरोध जनाइएको छ।

बुधबार काठमाडौँमा नेपाल टीन लिडर्सको आयोजनामा प्रतिनिधि सभा विघटनको विरोधमा नमूना संसद बनाई राष्ट्रिय सभाको नमूना बैठक गरिएको हो। 

नमूना बैठकमा बोल्दै सहभागीहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक र अराजनीतिक कदम भन्दै प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्नेमा जोड दिएका थिए। संविधान कुल्चिएका कारण त्यसमा खबरदारी गर्ने कर्तव्य बोधका साथ राष्ट्रिय सभाको नमूना बैठक गरिएको नेपाल टिन लिडर्सका इनिसियटर विशाल केसीले बताए।

सडकमा गरिएको नमूना राष्ट्रिय सभाको बैठकमा बोल्ने सहभागीहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक तथा अराजनीतिक क्रियाकलाप भन्दै यसलाई खारेज गर्नुपर्ने विचार राखेका थिए। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई खारेज गर्नुपर्ने र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने सहभागीहरूको भनाई थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.