|

इराकको मोसुलनजिक झण्डै ५ सय जनाको  चिहान फेला परेको इराकी सेनाले जनाएको छ। यसै हप्ता आईएसको नियन्त्रणबाट छुटाइएको बदोउस जेलमा सामूहिक चिहान फेला परेको हो।

सिया मुस्लिम नेतृत्वको हश्द अल शाबी अर्धसैन्य फौजले आईएस लडाकुले मारेका सर्वसाधारण बन्दीहरूको चिहान भएको जनाएको छ। आईएसले सन् २०१४ मा मोसुल नियन्त्रणमा लिएपछि ६ सय भन्दा बढी बन्दीहरुको हत्या गरेको आरोप लागेको थियो। तीमध्ये धेरै जसो सिया मुस्लिम रहेको बताइएको थियो।

ह्युमन राईट्स वाचको तत्कालीन प्रतिवेदनमा सयौं पुरुष बन्दीहरुलाई गोली हानी हत्या गरेको उल्लेख गरिएको थियो।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.