|

काठमाडाैं : भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप अनुदानमा दिने भएको छ। 

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी भारतले नेपाललाई कोरोना विरुद्धको १० लाख डोज खोप अनुदान सहयोग गर्ने जानकारी दिइएको हो।

मन्त्री त्रिपाठीले पहिलो चरणमा कोरोनाविरुद्धको खोप फ्रन्टलाइनमा खट्ने सरसफाइकर्मी, चिकित्सक, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा संलग्न व्यक्ति, सुरक्षाकर्मी लगायतलाई दिइने बताए। खोपका लागि आवश्यक कानुनी, प्रशासनिक, आर्थिक तथा प्राविधिक सबै तयारी पूरा भइसकेको उनले जानकारी दिए। 

आवश्यक खोप बिहीबार नै काठमाडौँ आइपुग्ने मन्त्री त्रिपाठीले जानकारी दिए। यति खोप मात्रै पर्याप्त नभएको भन्दै उनले बाँकी खोप नेपाल भित्र्याउन पनि खरिद प्रक्रिया बढाउने बताए।

फ्रन्टलाइनमा खट्नेहरुलाई पहिलो चरणमा खोप दिएपछि क्रमश: अन्यलाई पनि खोप दिने मन्त्री त्रिपाठीले बताइए। खोपको अभियान सफलतापूर्वक सञ्चालन गर्न मन्त्रालय तयार रहेको र ढिलो नगरी बढाइने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.