|

पर्वत : गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट बुधवार थप तीनजनाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार प्रदेशमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको हो। यस्तै, थप ४३ जनामा संक्रमणको पुष्टि भएको छ।

निर्देशनालयका अनुसार मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–२९ की ३५ वर्षीया महिला रहेकी छन्। पुस २९ मा संक्रमण पुष्टि भएकी ती महिलाको उपचारको क्रममा बुधवार बिहान ६ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। उनमा निमोनिया र हेपटाइटिसको समस्या रहेको थियो। 

यस्तै, स्याङ्जाको बिरुवा गाउँपालिका–५ की ७० वर्षीया महिलाको पनि उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै बुधवार बिहान ७ बजे उपचारको क्रममा मृत्यु भएको छ। मंगलबार संक्रमणको पुष्टि भएको ती महिलामा निमोनियाको समस्या रहेको थियो। 

यसैगरी मंगलबार साँझ नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१३ मा ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो। पुस २६ गते संक्रणको पुष्टि भएका ती पुरुषको उपचारको क्रममा भरतपुर अस्पतालमा मंगलवार साँझ ६ बजे मृत्यु भएको हो। उनमा निमोनिया र मिर्गौलाको समेत समस्या रहेको निर्देशनालयले जनाएको छ। 

अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट २०२ मृत्यु भइसकेको छ। यस्तै, कोरोना संक्रमितहरुको संख्या १५ हजार २६५ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.