|

काभ्रे : काभ्रेको पनौती नगरपालिका–२ अन्तर्गत खड्पु चोक नजिकै रहेको क्रसर उद्योगमा काम गर्ने एक युवकको आइतबार विहान ४ बजेतिर मुत्यू भएको भएको छ। क्रसर उद्योगमा काम गर्ने काभ्रे डाँडापारिस्थित गोकुले–४ को सोमबहादुर घलानको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय बनेपाका ईञ्चार्ज अनिर घिमिरेका अनुसार रातीदेखि नै जाँडरक्सी सेवन गरेर तास खेलिरहेको अवस्थामा झगडा हुँदा रड प्रहार गरी घाइते बनाएको र सानोठिमी अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा उनको बाटोमा नै मुत्यु भएको हो।

'क्रसर उद्योगमा काम गर्नेहरु आपसमा झगडा गर्ने क्रममा रड प्रहार घरी घाइते बनाई उपचारको क्रममा लैजाँदै गर्दा मुत्यू भएको हो' घिमिरेले भने । घटनामा संलग्नको आशंकामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङका सुमन चौधरी, सन्तोष चौधरी, बिरबहादुर चौधरी र ठाकुर चौधरी रहेका छन्।

मृतकका मामा पदम मोक्तानले आफ्नो भञ्जाको हत्या भएको बताए। उनले भने, ‘मेरो भाञ्जा ठेक्कापट्टाको काम गर्छन् क्रसरको वरिपरि वाल लगाउने काम गर्दै आइरहेका थिए'  उनले भने, ‘चौधरीहरु मिलेर हत्या गरेको छ, किटानी जहेरी दिने तयारी गरिरहेको छु।' घटनाबारे थप अनुसन्धान भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी नवीनराज राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.