|

अमेरिकी राष्ट्रपति जो बाइडेन ह्वाइटहाउस प्रवेश गरेका छन्। अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा जो बाइडेनले औपचारिक रुपमा सपथग्रहण गरेर ह्वाइटहाउस छिरे।

त्यस्तै कमला ह्यारिसले उपराष्ट्रपतिका रुपमा सपथग्रहण गरेकी छिन्। ४ वर्ष लामो ट्रम्प युगको अन्त्य गर्दै बाइडेन अमेरिकी राष्ट्रपति भएका हुन् भने भने पहिलो महिला उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले इतिहास कायम गरेकी छिन्।

राष्ट्रपतिका रुपमा जो बाइडेनले सर्वोच्च अदालतका प्रधान न्यायाधिस जोन रोबर्टस्बाट सपथ लिएका छन् । बाइडेनले बाइबललाई साक्षी राखेर सपथ लिएका छन्। आफूले सिनेटर र उपराष्ट्रपतिका रुपमा सपथ लिंदा प्रयोग गरेको बाइबल नै बाइडेनले साक्षी राखेका छन्।

सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपति रहेका बाइडेन अनुभवप्राप्त, विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता राजनीतिज्ञका रूपमा परिचित छन्न् जो सामान्य नागरिकसँग पनि सहजतापूर्वक घुलमिल हुन सक्छन्।

बाइडेनको वाशिङ्टनसँगको नाता ४७ वर्षअघि सन् १९७३ मा जोडिएको थियो  त्यसबेला उनी अमेरिकी सिनेटका सदस्य बनेका थिए। शपथ ग्रहणमा पुर्वराष्ट्रपति बाराक ओबामा, जर्ज बुस लगायतकाे उपस्थिति रहेकाे थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.