|

निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई पेरिस जलवायु सम्झौताबाट अलग राख्ने निर्णय उल्टिएको छ। 

नव नियुक्त राष्ट्रपति जो बाइडेनले पद सम्हाल्नासाथ यो लगायत महत्वपूर्ण फैसलाहरूमाथि हस्ताक्षर गरेका छन्। 

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका ओभल अफिसमा राष्ट्रपति बाइडेनले आफ्नो प्राथमिकतामा कोरोना, आर्थिक र जलवायु संकट रहेको पत्रकारहरूलाई बताए। 

पद सम्हालेपछि बाइडेनले कोरोनाबाट बच्न सबै अमेरिकीले मास्क लगाउन अनिवार्य रहेको पहिलो कार्यकारी आदेश जारी गरेका छन्। साथै, पेरिस जलवायु सम्झौतामा अमेरिका पुनः सामेल हने निर्णय गरिदिएका छन्। 

कार्यकारी आदेश दिन राष्ट्रपतिले संसदबाट अनुमति लिनुपर्दैन। पूर्व राष्ट्रपति बाराक ओबामाले धेरैपटक कार्यकारी आदेश जारी गरेका थिए भने निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो कार्यकालको पहिलो सातामै रेकर्ड तोडिनेगरी यो अनुकूलता उपयोग गरेका थिए। 

पद सम्हालेको पहिलो दिन नै जो बाइडेनले हस्ताक्षर गरेका १७ वटा कार्यकारी आदेशको सूची हेर्दा समय खेर फाल्न नचाहेको सजिलै बुझिने खबरहरूमा उल्लेख छ।

उनले आफ्ना एजेन्डा लागू गर्न र निवर्तमान राष्ट्रपति ट्रम्पका नीतिहरू उल्ट्याउन अहिलेसम्म १७ कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। 

केही दिनभित्रै बाइडेनले थप आदेशहरूमा हस्ताक्षर गर्ने ह्वाइटहाउसलाई उधृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। 

पद सम्हालेको २ सातामा पूर्वराष्ट्रपति ओबामाले ९ र ट्रम्पले ८ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.