|

कञ्चनपुर : सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आज (बिहीबार) देखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई भौतिक उपस्थितिमा कक्षा सञ्चालन शुरू भएको छ। 

कोरोना महामारी जोखिमका कारण अनलाइनका माध्यमबाट पठनपाठन हुँदै आएकोमा शिक्षक तथा विद्यार्थी प्रत्यक्ष रूपमा उपस्थित भै कक्षा सञ्चालन गरिएको हो।

विश्वविद्यालयले माघ ५ गतेको प्रत्यक्ष कक्षा सञ्चालन गर्ने निर्णय लिएको थियो। सोहीअनुसार कक्षा सञ्चालन गरिएको मानविकी तथा समाजशास्त्र संकायका विभागीय प्रमुख हरिशचन्द्र भट्टले जानकारी दिए।

उनका अनुसार स्नातक छैटौं र आठौं सेमेस्टरका लागि विहान १० बजेदेखि, स्नातक दोश्रो र चौथो सेमेस्टरका लागि बिहान ११ बजेदेखि र स्नातकोत्तर दोश्रो र चौथो सेमेस्टरका लागि दिउँसो ३ बजेदेखि कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

यसैगरी, व्यवस्थापन संकायका सम्पूर्ण कक्षाहरू समेत सञ्चालन गर्ने निर्णय गरिएको छ। बीबीए दोश्रो, चौथो, छैटौं,आठौं, बीबीएस दोश्रो वर्ष, तेश्रो वर्ष, एमबीएम दोश्रो सेमेस्टर चौथो सेमेस्टरका कक्षा सञ्चालन गर्न समय निर्धारण गरिएको छ।

विहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म फरक-फरक समयमा कक्षा सञ्चालन गर्ने गरी व्यवस्था गरिएको छ। शिक्षाशास्त्र  विभाग अन्तर्गतका स्नातक र स्नाकोत्तरका कक्षाहरू समेत विहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने भएका छन्‌।

यसअघि विश्वविद्यालयमा अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.