|

पाल्पा : नेपाल पत्रकार महासङ्घ पाल्पा जिल्ला शाखा अध्यक्षमा राजेशकुमार अर्याल निर्वाचित भएका छन्। अर्याल यसभन्दा अगाडि पनि शाखा अध्यक्ष थिए।

शनिवार राति अबेरसम्म भएको अधिवेशनले महासङ्घका खुल्ला उपाध्यक्षमा भरत शर्मा, महिला उपाध्यक्षमा मुना घिमिरे, सचिवमा किरण कौशल तथा सहसचिवमा कृष्ण कार्की र अनिल लिगल, कोषाध्यक्षमा नरभूपाल विकलाई निर्वाचित गरेको छ।

त्यस्तै सदस्यमा कृष्ण पोखरेल, चूरामणि न्यौपाने, यज्ञमूर्ति तिमिल्सिना, नारायण न्यौपाने, मुक्तिप्रसाद न्यौपाने, दुर्गेश मल्ल, डोलबहादुर विक, सिर्जना घिमिरे, रीमा सोमै र हरिबहादुर विक चयन भएका छन्।

केन्द्रीय पार्षदतर्फ सोमनाथ अर्याल, मेघराज शर्मा, कमलराज तिमिल्सेना, भगवान भण्डारी, राजेन्द्र लिगल, माधव अर्याल, जगदीश भट्टराई, मन गैरे, वन्दना पोखरेल, रेखिराम राना र देव पचभैया रहेका छन्।

प्रदेश सभासद्तर्फ राजु घिमिरे, झवेन्द्र देवकोटा, राजकुमार आले, किशोर भट्टराई, सीतादेवी डोटेल, पदमप्रसाद गैरे, शङ्कर भण्डारी, टीकाराम बस्याल, झपेन्द्र गैरे, दयाराज न्यौपाने, गीता ज्ञवाली, गुराँस आत्रेय, यमुना सारु, कृष्ण दर्नाल र अमृत अधिकारी रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.