|

डडेल्धुरा : खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराले ५ जना व्यापारीविरुद्ध डडेल्धुरा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।  सर्वसाधारण नागरिकको स्वास्थ्यमा असर पार्ने खाद्यपदार्थ बिक्री गरेको भन्दै उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको हो।

खाद्य कार्यालयले खाद्य ऐन, २०२३ अनुसार अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालय डडेल्धुराको रायअनुसार मुद्दा दायर गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराका प्रमुख गणेशदत्त जोशीले जानकारी दिए।

प्रमुख जोशीकाअनुसार अमरगढी नगरपालिका–५ बागबजारस्थित निर्मला खुद्रा किराना पसललाई न्युन गुणस्तरीय चनाको दाल बिक्रीवितरण गरेको अभियोगमा मुद्दा दायर गरिएको छ। अमरगढी–५ बागबजारकै मदन प्रकाश किराना पसललाई न्यून गुणस्तरीय गहत गेडा बिक्रीवितरण गरेको अभियोगमा मुद्दा दायर गरिएको छ। 

यस्तै अमरगढी–५ बगरकोट रोडस्थित भागेश्वर स्टोरलाई न्यून गुणस्तरीय खाद्यपदार्थ धनिया गेडा बिक्रीवितरण गरेको अभियोगमा, अमरगढी–४, खलंगास्थित रावल किराना पसललाई न्यूनगुणस्तरिय खाद्यपदार्थ चामल बिक्री र अमरगढी–५ बागबजारस्थित ओम बाबा स्टोरलाई न्यून गुणस्तरीय खाद्यपदार्थ मटर गेडा बिक्रीवितरण गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरिएको प्रमुख जोशीले जानकारी दिए।

खाद्य ऐनमा दूषितवान्यून गुणस्तरको खाद्यपदार्थ बिक्रीवितरण गरेमा वा ढाँटी वा झुक्याएमा खाद्यपदार्थको स्वाभाविक गुण कमसल भएको खाद्यपदार्थ बिक्रीवितरण गर्नेलाई पाँचवर्षसम्म कैद वा ५०हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनीव्यवस्था रहेको प्रमुख भट्टको भनाइ छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.