|

काठमाडौं : धनुषाका एक वडा अध्यक्षको निधन भएको छ। धनुषको जनकनन्दिनी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष भोगीन्द्र पाठकको उपचारको क्रममा भारतमा निधन भएको गाउँपालिका उपध्यक्ष भारती कार्कीले जानकारी दिइन्। 

५५ वर्षीय पाठक अकस्मात बिरामी भएपछि बुधबार उपचारका लागि भारतको मधुवनी लगिएको थियो। उपचारका क्रममा उनको आज विहान साढे ५ बजे निधन भएको उपाध्यक्ष कार्कीले बताइन्।  

२०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा पाठक नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.