|

सल्यान : सल्यानमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। सल्यान जिल्ला अस्पतालमा उपचाररत शारदा नगरपालिका ३ का ९० वर्षीय वृद्धको मृत्यु भएको हो।

गत पुस २७ गते सामान्य बिरामी भएर अस्पताल भर्ना भएका वृद्धको शुक्रबार बिहान मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए। विरामी भएर अस्पताल भर्ना भएका उनको कोरोना परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

यसअघि पनि सल्यान श्रीनगरका एक जनाको कोरोनाबाटै मृत्यु भएको थियो। यससँगै सल्यानमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ।

सल्यानमा हालसम्म सात सय भन्दा बढी कोरोना भाइरस संक्रमित छन्। जसमध्ये २५ जना सक्रिय संक्रमित रहेको र बाँकी सबै निको भइसकेका छन्। सक्रिय संक्रमितमध्ये एक जनाको जिल्ला अस्पताल र बाँकी २४ जना होम आइसोलेसनमा उपचार भइरहेको फोकल पर्सन पुनले बताए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.