'सडकमा आएर हेर्नुस्, को आधिकारिक भन्‍ने आफैँ थाहा हुनेछ'

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले घुँडा नटेकेसम्म आन्दोलनका कार्यक्रमहरू नरोकिने दाबी गरेका छन्। संसद् विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले आज काठमाडौंमा गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्ता टिप्पणी गरेको हुन्। 

'आज सिंगो देशभरि आम जनता सडक उत्रिएका र जबसम्म प्रतिगमन सकिँदैन। केपी ओलीले घुँडा टेक्दैनन् तबसम्म कफन बाँधेर सडकमा उत्रिन्छौँ' उनले भने, 'सबै सडक भरिभराउ भएका र उपत्यकाका सबै सडकमा जुलुस भएका र आम जनता सडकका किन उत्रिएको भन्दा केपी ओलीले गरेको प्रतिक्रान्तिको विरुद्ध संविधानको रक्षा गर्नका निम्ति आम जनता सडकमा उत्रिएका छन्।' 

अनेक घुम्ती पार गरेर आएको पार्टी नेकपा भएकाले यो पार्टीका सबै गौरवशाली कार्यकर्ता र शुभेच्छक मैदानमा उत्रिएका भन्दै उनले केपी ओलीलाई पार्टीबाट समेत निष्कासन गरिएको बताए। केपी ओली विश्वासघाती रहेका उनले बताए।

'अब केपी ओली कमरेड रहेनन्। कम्युनिस्ट बन्न लायक पनि छैनन्। केपी ओली अरुलाई भगौडा भन्दै छन्। केपी ओली नै भगौडा हुन्' उनले भने, 'पार्टीलाई चोइट्याएका छन्। रूख पनि बढ्दै गएपछि बोक्रा फ्याँक्ने भन्दै केपी ओली पनि अब पार्टीमा बस्न सकेनन्।' 

केपी ओलीले अपराधिक काम गरेका र पार्टीबाट भाग्ने दिन आएको पनि उनले बताए। 'यो प्रतिगमन भए पनि ओलीले राजनीतिक कदम भएको भने पनि संविधान बाहिर गएर कसले यस्तो काम गर्न सक्छ भनी उनले सोधेका थिए' उनले भने, 'संविधानभन्दा बाहिर गएर कदम चाल्न कसैले सक्दैन। यो प्रतिगमत काम भएको छ।' 

५ पुसको घटना लोकतन्त्रविरोधी भएको भन्दै संविधानबाहिर केपी ओली गइसकेका उनले आरोप लगाए। १० वर्ष लगाएर संविधान बनाए पनि यो संविधानको प्रस्तावनाको पहिलो वाक्यमा सार्वभौमसत्तासम्म जनताले बनाएको संविधान भए पनि केपीले खेलबाड गरेका उनले आरोप लगाए। 

भोलि गएर यो देशमा के के हुने परिकल्पनामात्र गर्न सकिने भन्दै देशमा भोलिका दिन अस्थिरता आउन सक्ने उनले बताए। त्यसका लागि सडकमा आउनुपरेको बाध्यता भएको उनले बताए। 

'बालुवाटारमा बसेका केही मानिसको समूह आधिकारिक भएको केपी ओलीले ठट्टा गरिरहेका छन्। कुन चै पार्टी आधिकारिक भएको भन्दै सडकमा आएर ओलीले हेर्नुपर्छ' उनले भने, 'आफ्ना हनुमान लिएर आधिकारिकता हाम्रो भने पनि उनीहरुले जे गर्छन् भनेर प्रचार गरे पनि सर्वोच्च अदालत जनक्रान्तिको पछिको अदालतले संविधान बाहिर नजानले र सर्वोच्च अदालतप्रति पूरा विश्वास छ।' 

देशमा संविधान बचाउने अर्को विकल्प नभएको भन्दै सर्वोच्चका न्यायमूर्तिले देखिरहेका र पक्कै उहाँहरुले यसलाई बुझ्ने उनले बताए। निर्वाचन आयोगले पनि आफूलाई आधिकारिता दिने भन्दै संविधानसभाले बनाएको निर्वाचन आयोगले दल ऐनलाई हेरेर मात्र उसले निर्णय गर्ने पनि आश्वासन दिए। 

ओलीले पाँच वर्षसम्म पार्टी फुटाउन नपाउने भन्दै उनले संसद विघटन भइहाले केन्द्रीय कमिटीमा ७० प्रतिशत आफूहरुसँग भएको पनि उनले दाबी गरे। निर्वाचन आयोले यो भन्दा बाहिरको तथ्यमा नटेक्ने भन्दै आफूहरु भएको पार्टीलाई आधिकारिकता दिने पनि उनले बताए। 

नेपाली कांग्रेसलगायत पार्टी पनि मैदानमा भएकाले अलग अलग भए पनि निरंकुशताको विरोधमा सबै लागेर उनले बताए। समाजवादको बाटो कठिन भए पनि अगाडि बढिरहने र संसद पुन:स्थापना हुनुपर्ने जिकिर गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.