|

काठमाडौं : मकवानपुरको भिमफेदी–कुलेखानी सडक भोलिदेखि दुई महिनाका लागि बन्द हुने भएको छ। यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशले सडक विस्तारमा सिमेन्ट कंक्रिट पेभमेन्ट कार्य गर्ने भएकाले सडक बन्द गरेको हो।

निर्देशनालय बागमती प्रदेशका निर्देशक डा. सहदेवबहादुर भण्डारीका अनुसार माघ १० गतेदेखि चैत १० गतेसम्म सवारी साधन आवगमन बन्द हुने छ। उक्त सडक खण्डमा सवारीसाधनको चाप हुने भएकाले सडक बन्द गरिएको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.