|

नवलपरासी : पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी मिल पुनः सञ्चालनको तयारी गरिएको छ। मिल सञ्चालको तयारी हुँदा स्थानीय आन्दोलित भएका छन्।

यसअघि मिल संचालन हुँदा प्रदूषण नियन्त्रण नहुँदा सुनवल बजार दुर्गन्धित हुने गरेको थियो। यस पटक पनि मिलले प्रदूषण नियन्त्रणका लागि कुनै उपाय नअपनाई सिधै मिल सञ्चालन गर्न लागेको भन्दै स्थानीयले विरोध जनाएका छन्। 

स्थानीयले प्रदूषण नियन्त्रणलगायतका माग राखेर प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई ज्ञापनपत्र बुझाएका छन्। स्थानीयले वातावरण प्रदूषण नियन्त्रण संघर्ष समिति नै बनाएका छन्। मिल सञ्चालकले एकोहोरो व्यावसायिक फाइदा मात्र हेरेको संघर्ष समितिको दाबी छ। 

संघर्ष समितिले १४ वर्षअघि २०६३ सालमा तत्कालीन सात राजनैतिक दल, स्थानीय सरोकारवाला र मिल सञ्चालकबीच भएको  सहमतिको कार्यान्वयन गर्ने तर्फ ध्यान नदिई पुनः उद्योग सञ्चालन गर्न लागेको भन्दै संघर्ष समितिले गम्भीर ध्यानाकर्षण भएको बताएको छ। मिलले प्रदूषण नियन्त्रण नगरेको, मिलका कारण प्रभाव पर्ने क्षेत्रमा सामाजिक उत्तरदायित्व पूरा नगरेको, उखु किसानहरुको पूरा रकम भुक्तानी नगरेको र कुनै पनि कुराको ख्याल नगरी मिल सञ्चालनमा ल्याउन खोजिएकपछि संघर्ष गर्नु परेको संघर्ष समितिका संयोजक कृष्ण केसीले बताए।

मिल सञ्चालन गर्न मापदण्ड पूरा गरेर प्रदूषण नियन्त्रणको उपाय अपनाउने र किसानको रकम भुक्तानी गर्ने सुनिश्चितता हुनुपर्ने माग संघर्ष समितिको रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.