|

दाङ : व्यक्ति हत्याको आरोपमा दाङ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरुमा राप्ती गाउँपालिका–६ निवासी ४८ वर्षीय मणिराम चौधरी, सोही ठाउँका ३८ वर्षीय धनबहादुर चौधरी र ३३ वर्षीय मोतीलाल चौधरी रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उनीहरुले बिहीबार दिउँसो करिब १२ बजेतिर त्यही ठाउँका ४० वर्षीय मोतिलाल चौधरीलाई दाउराको चिर्पटले हानेर हत्या गरेका प्रहरीको आरोप छ।

उनीहरू शुक्रबार पक्राउ परेका उनीहरूले रिसिइबीकै कारण चौधरीकै घर नजिकै मकैबारीमा लखेटी लखेटी हत्या गरेका प्रहरीले बताएको छ। हत्या गरी कुलोमा फालिएको अवस्थामा चाैधरीको शव फेला परेको थियो। 

अनुसन्धान क्रममा घटनाको रहस्य बाहिरिएको हो। पक्राउ परेकाहरूमाथि ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ।

ती तीनै जनालाई घटनाको २४ घण्टा नबित्दै प्रहरीले समातेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.