|

लमजुङ : प्रहरीले पछिल्लो तीन दिनमा १५ लाख रुपैयाँ बराबरको अवैध काठ बरामद गरेको छ। मध्यनेपाल नगरपालिका र दोर्दी गाउँपालिकाबाट करिव ५०० क्युफिट काठ सहित दुईजनालाई नियन्त्रण गरेको हो।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार माघ ८ गते बिहीबार मध्यनेपाल–९ बाट २३ दशमलब ९१ क्युफिट सालको चिरान काठ ईलाका प्रहरी कार्यालय भोर्लेटारको टोलीले बरामद गरेको हो। पिस्तीखोला बगरमा बेवारिसे अवस्थामा रहेको काठ बरामद गरेको हो।

यसैगरी गत बुधबार दोर्दी–८ बाट ३९६ दशमलब ९१ क्युफिट काठ बरामद गरेको प्रहरीले जनाएको छ। त्यस्तै, गतमंगलबार दोर्दी–८ कै खिमचोकबाट ७४ दशमलब ८२ क्युफिट काठ, ग १ त ५४०६ नम्बरको ट्रयाक्टरसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरी नियन्त्रणमा पर्नेमा ट्रयाक्टर चालक दोर्दी–६ का २८ वर्षीय कन्याबहादुर तामाङ र दोर्दी–८ का ३६ वर्षीय मेघराज घले रहेका छन्। 

लमजुङ प्रहरीका अनुसार पछिल्लो बरामद भएका काठ १५ लाख ३४ हजार ७४० रुपैयाँ बरावरको ४९५ दशमलब ६४ क्युफिट काठ रहेको छ। चालु आर्थिक वर्षमा मात्रै लमजुङ प्रहरीले ९३१ दशमलब ३३ क्युफिट काठ बरामद गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.