|

सुर्खेत : मध्यपश्चिमाञ्‍चल विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अहिले पढाइ चलिरहेको छ। स्नातक तहका ४ वटा सेमेस्टरस्‍नातकोत्तर तहको दोस्रो सेमेस्टरको पढाइ जारी छ।

पत्रकारिताका लागि विश्वविद्यालयको वर्तमान अवस्था र अध्यापनको चुनौतीबारे विश्वविद्यालय, मानविकी र समाजशास्त्र केन्द्रीय क्याम्पसको आमसञ्‍चार तथा पत्रकारिता विभागका प्रमुख तथा उप-प्राध्यापक युवराज शर्मासँग मध्यपश्चिमाञ्‍चल विश्वविद्यालयमा पत्रकारिता विषयको अध्ययनको सान्दर्भिकताका विषयमा थाहाकर्मी धर्मराज जिसीले गरेको कुराकानीको सम्पादित अंश :

मध्यपश्चिमाञ्‍चल विश्वविद्यालयमा पत्रकारिता विषयको अध्ययन अध्यापनको अवस्था कस्तो छ?

स्नातक र स्‍नातकोत्तर तहमा अहिले पढाइ  सञ्‍चालन भइरहेको छ। स्नातक तहका ४ वटा सेमेस्टरस्‍नातकोत्तर तहको दोस्रो सेमेस्‍टरको पढाइ जारी छ।  अब १२ को र ब्याचलर ८ औं ब्याचको रिजल्ट आयो भने ब्याचलर र मास्टरमा पहिलो सेमेस्टर भर्ना हुन्छ। हामीले भर्ना पनि खोलिसकेका छौँ।

विकासको हिसाबले अन्य क्षेत्र कर्णाली पछि परेको ठाउँमा पत्रकारिता अध्यापनको सान्दर्भिकता कस्तो देख्नुहुन्छ?

भाौगलिक विकटताले पढाएको गतिलाई रोक्न सक्दैन। शिक्षितसीपयुक्त मानवले नै भौगलिक विकटतालाई छिचोलेर विकासको मूलधारमा अगाडि लैजान सक्छन् भन्ने मान्यता हाम्रो हो। हामी भूगोलले मात्र पछाडि नपरेर आमसञ्‍चारको विकासका लागि शिक्षामा पनि पछाडि परेका छौँ।

यो कुराको महसुस गरेर नै पत्रकारिता विषयको पढाइ गर्नुपर्छ भनेर अगुवाई गरेको हो। जसरी अध्ययनसहित पत्रकारितामा आएका व्यक्तिले देश राज्यले बनाउनुपर्ने, कर्णाली प्रदेशले बनाउनुपर्ने  निति नियम निर्माणमा इनपुट दिन सक्छन्। 

नपढेर गरेर बुझ्ने पत्रकारिताभन्दा पनि अध्ययन गरेर बुझेर, पढेर गरिने पत्रकारितालाई प्रदेशको, क्षेत्रको विकासमा  टेवा दिन्छ भन्ने हाम्रो मान्यता हो।

विश्वका विश्वविद्यालयहरूमा विभिन्न खोज अनुसन्धान हुने गर्छन तर नेपालमा पढ्ने र पढाउने काम मात्र हुन्छ भन्ने आरोप छ, यो चुनौतीको सामना कसरी गर्नु हुन्छ?

तपाईंले भन्नुभएको एक हदसम्म ठिकै हो। तर, विश्वका दुई सय वर्ष पहिले स्थापना भएको विश्वविद्यालय र ६-७ वर्ष पहिले स्थापना भएका विश्वविद्यालयलाई छोटो समयमा एउटै तराजुमा राखेर तौलन मिल्दैन जस्तो लाग्छ।

अहिले हामी कहाँ क्लास रुमकै व्यवस्थापन गर्न गाह्रो छ। प्रशासनिक भवन बनिरहेका छन्। क्याम्पसका भवनहरू बनिरहेका छन्। तपाईंले भने जस्तै गर्न पहिले भौतिक पूर्वाधारको विकास गर्नुपर्ने हुन्छ।

यसको साथै रिसर्च केन्द्रको रुपमा विकास गर्नुपर्ने हुन्छ। तर, अहिले नै रिसर्च सेन्टरको विकास गर्ने कुरा आइसकेको छ। अहिले कार्यान्वयनको तहमा आइसकेको छ। आर एन डि रिसर्च एण्ड डिप्लोमेन्टको तयारी भइरहेको छ।

पत्रकारिता पढ्नका लागि मध्यपश्चिमाञ्‍चल विश्वविद्यालयमा विद्यार्थीको रोजाइमा पर्न  सकेको छ त?

पाठ्यक्रम हेरेर आउने पहिलो कुरा हो। अर्को कुरा नेपालमा भएका सबै विश्वविद्यालयभन्दा लेटेस्ट पाठ्यक्रम भनेको मध्यपश्चिमाञ्‍चल विश्वविद्यालयको आमसञ्‍चार पत्रकारिता विषयको पाठ्यक्रम हो।

किनकि यो प्रयोगात्मक सैद्धान्तिक ५०-५० प्रतिशतको पाठयक्रम बनाइएको छ। सैद्धान्तिकको साथै फिल्ड वर्क,  प्रयोगात्मकका साथै मिडिया हाउसमा नै गएर अनुभव संगाल्ने प्रावधान राखिएको छ।

प्रयोगात्मक कार्य अनिवार्य गर्ने गरी पाठ्यक्रम बनाइएको छ। साथै प्रमाणपत्र प्राप्तीका लागि मात्र नभएर सिप आर्जन गराउने गरी अध्यापन गराउने उद्देश्य भएकाले पनि यो पढ्न आउनका लागि आग्रह गर्दछु।

मध्यपश्चिमाञ्‍चल विश्वविद्यालयमा उत्पादन भएका जनशक्तिले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छन् भन्ने आधार के हो?

प्रतिस्पर्धी बजारमा जनशक्तिको प्रतिस्पर्धा पहिलो विशेषता हो। अहिले ब्‍याचलर तहका विद्यार्थी मात्र बाहिर निस्किएको छ। राष्ट्रियस्तरमा उनीहरूले काम गरिरहेका छन्। उनीहरू बेरोजगार बस्नु परेको छैन।

मास्टरको दोस्रो सेमस्टारको पढाइ सञ्‍चालन भइरहेको छन्। आधार बेस स्नातक तहको रिजल्ट हेर्दा हामी सन्तुष्ट छौं।

भर्खरै स्थापित भएकोले भौतिक स्रोतसाधनको अभाव भएको भन्नुभयो, पत्रकारिता क्षेत्रमा प्रविधिको प्रयोग नयाँ-नयाँ भइरहेका छन्, यसलाई कसरी लिनु भएको छ?

हामी मिलाउँदै पनि गएका छौं। कम्प्रमाइज पनि भएको छ। क्लासरुम मिलाउन र पुस्तकालयलाई व्यवस्थित गर्न हामीले पहल गरिरहेका छौं। यसैगरी, विद्यार्थीको प्राक्टिकलका लागि रेडियो टेलीभिजन पत्रीका खोल्ने तयारीमा छौं।

कार्यपरिषदले  निर्णय गरिसकेको पनि छ। हामी यसलाई मिडियाको अनुसन्धान र अध्ययन र अवलोकनको हव बनाउने गरी तयारी गर्दैछौं। त्यो सम्भव छ।

अन्तमा पत्रकारिता विषय अध्ययन गर्नका लागि विश्वका विद्यार्थी आकर्षित गर्ने आगामी कार्यक्रम के छन्?

अहिले हाम्रो पहिलो लक्ष्य कर्णाली प्रदेश र त्यसपछि सुदूरपश्चिम र लुम्बिनी प्रदेश नै प्राथमिकतामा पर्दछ। यसबाट निस्केका म्यानपावरको पर्फेमेन्सका आधारमा हुन्छ। हामीले पढ्नका लागि आउनुहोस् भन्ने कुरा छँदैछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.