|
बाँकेमा राप्ती नदीको फोटो

काठमाडौं : सरकारले हालै सात सय ४४ वटा स्थानीय तह रहने गरी स्थानीय तहको पुनर्संरचना गरेको छ। गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगको प्रतिवेदनलाई केही परिमार्जन गरी सरकारले फागुन २७ गते राजपत्रमा सूचना प्रकाशित गरी चार सय ८१ गाउँपालिका, दुई सय ४६ नगरपालिका, १३ उपमहानगरपालिका र चारवटा महानगरपालिकाको नाम, संख्या, सीमाना तथा वडा निर्धारण गरेको छ।

४ सय ८१ गाउँपालिकाका केही यस्ता गाउँपालिका छन् जसको जनसंख्या केही नगरपालिकाको भन्दा बढी छन्। सबैभन्दा कम जनसंख्या रहेको नगरपालिका डोल्पाको त्रिपुरासुन्दरी हो। जसको जनसंख्या १० हजार १ सय ४ रहेको छ। त्यसबाहेक २० हजार हाराहारी जनसंख्या रहेका धेरै नगरपालिका रहेका छन्। तर यहाँ केही गाउँपालिकाको जनसंख्या ६० हजारसम्म छ। 

 कुन कुन हुन् ती गाउँपालिका हेर्नुस्

नगरपालिका भन्दा बढी जनसंख्या भएका गाउँपालिका बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु, सर्लाही, महोत्तरी, रौतहट जिल्लामा रहेका छन्।

१. राप्ती सोनारी गाउँपालिका- बाँके

बाँकेको राप्ती सोनारी गाउँपालिका सबैभन्दा बढी जनसंख्या भएको गाउँपालिका हो। ५९ हजार नौ सय ४६ जनसंख्या रहेको यस गाउँपालिका १ हजार ०४१.७३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। खासकुश्मा, कचनापुर, बैजापुर, बिनौना, फत्तेपुर र महादेवपुरी गाविस समावेश गरी बनाइएको यस गाउँपालिकामा ९ वटा वडा संख्या कायम गरिएको छ।

२. बैजनाथ गाउँपालिका - बाँके

बैजनाथ गाउँपालिकामा ५४ हजार चार सय ६८ जनसंख्या रहेको छ। १ सय ४१.६७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको चिसापानी, नबौवस्ता, वनकटवार टिटिहिरिया गाविस मिलाएर बनाइएको छ। यसमा ८ वटा वडा कायम गरिएको छ।

३. खजुरा गाउँपालिका- बाँके

बाँकेकै खजुरा गाउँपालिका जनसंख्याको आधारमा तेस्रो ठूलो गाउँपालिका हो। जसको जनसंख्या ५० हजार नौ सय ६१ रहेको छ। १ सय १.९१ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकामा ८ वडा कायम गरिएको छ। रनियापुर, सोनपुर, उढरापुर, बागेश्‍वरी, सीतापुर र राधापुर गाविस समावेश गरेर यो गाउँपालिका निर्माण गरिएको हो। 

४. बठैया ताल गाउँपालिका- बर्दिया

बर्दियाको बठैया ताल गाउँपालिका चौथौ धेरै जनसंख्या रहेको गाउँपालिका हो। ४७ हजार आठ सय ६८ जनसंख्या रहेको यस गाउँपालिका १ सय १५.१९ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको छ। जमुनी, सोरहवा, मैनापोखर र कालिका गाविस मिसाएर बनाइएको यस गाउँपालिकामा ९ वडा कायम गरिएको छ।

५. गैडहवा गाउँपालिका - रुपन्देही

रुपन्देहीको गैडहवा गाउँपालिका जनसंख्याको आधारमा पाँचौ ठूलो गाउँपालिका हो। जसको जनसंख्या ४७ हजार पाँच सय ६५ रहेको छ। ९६.७९ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिका साडी, जोगडा, बिष्णुपुर र सुर्यपुरा गाविस मिलाएर बनाइएको हो। जसमा ९ वडा कायम गरिएको छ।

६. मायाँदेवी गाउँपालिका - रुपन्देही

मायाँदेवी गाउँपालिकाको जनसंख्या ४७ हजार एक सय ९६  रहेको छ। ७२.४४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिका बमोली, कम्हरिया, गोनहा र हाटोबनगाई गाविस मिसाएर बनाइएको हो। यसमा ८ वडा कायम गरिएको छ।

७. चक्रघट्टा गाउँपालिका - सर्लाही

सर्लाहीको चक्रघट्टा गाउँपालिकाको जनसंख्या ४६ हजार आठ सय पाँच जनसंख्या रहेको छ। ४३.३६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिका कौडेना, मोतिपुर, औरही, खोरियाँ, सलेमपुर, सोहडवा, बेल्ही, सुन्दरपुर गाविस समावेश गरी निर्माण गरिएको हो। 

८. भंगाहा गाउँपालिका- महोत्तरी

महोत्तरीको भंगाहा गाउँपालिकाको जनसंख्या ४६ हजार सात सय ५४ रहेको छ। ७७.२१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिका भंगाहा, हातीसरवा, सिंगयाही, मेघनाथ गोरहन्‍नाह, धरमपुर र हरियारपुर हरिनमरिन गाविस समावेश गरी बनाइएको हो। यसमा ९ वटा वडाहरु समावेश छन्। 

९. गुजरा गाउँपालिका - रौतहट

गुजरा गाउँपालिकाको जनसंख्या ४६ हजार ५ सय ९२ जनसंख्या रहेको हो। १ सय ५०.३३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिका रंगपुर, कनकपुर, लक्ष्मीपुर दोस्तिया, प्रतापपुर पल्टुवा र सिमरा भवानीपुर गाविस मिलाएर बनाइएको हो। यसमा ९ वटा वडा कायम गरिएको छ।

१०. शुद्धोधन गाउँपालिका - कपिलवस्तु

कपिलवस्तुको सुद्धोधन गाउँपालिका जनसंख्याको आधारमा दशौं ठूलो गाउँपालिका हो। यहाँको जनसंख्या ४५ हजार दुई सय एक रहेको छ। ९१.६९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिका पतरिया, नन्दनगर, लबनी, पिठुवा, हथिहवा र बासखोर गाविस मिलाएर बनाइएको हो। जसमा ६ वटा गाविस कायम गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Taraptti sirsiya-7