|

काठमाडौं : मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले २०७४ बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन औचित्यहीन भएको निष्कर्ष निकालेको छ।

चुनाव पक्षधर राजनीतिक दलहरुबीच नै चुनावको विषयमा अन्तरविरोध रहेको, मधेसमा हिंसात्मक घटना भएको र कन्चनपुरमा सीमा अतिक्रमणमा नेपाली नागरिकले ज्यान गुमाएका लगायतका घटनाका कारण चुनाव  हुने अवस्था नरहेको क्रान्तिकारी माओवादीले जनाएको छ।

शनिबार बसेको केन्द्रीय सचिवालयको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ 'अहिलेको संगीन र जटिल स्थितिमा सो निर्वाचन हुन नसक्नेतथा जर्बजस्ती रुपमा गराइए पनि स्थिति झनै भयावह वन्ने देखिएको छ। तसर्थ, हाम्रो पार्टी यस प्रकारको स्थिति र सो मितिमा गरिने निर्वाचन औचित्यहीन रहेको ठहर गर्दछ।'

उसले चुनावलाई पार्टीले वस्तुस्थिति हेरेर उपयोग, बहिष्कार वा अन्य विकल्पमा जाने जानकारी दिएको छ। अहिलेको देशको परिस्थितिमा चुनाव हुन नसक्ने र जबरजस्ती चुनाव गराए भयावह अवस्था आउने क्रान्तिकारी माओवादीको निष्कर्ष छ।

पढ्नुस् विज्ञप्ति:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.