|

बैतडी : बैतडीमा फेला परेको बम नेपाली सेनाको टोलीले आज निष्क्रिय पारेको छ। महाकाली राजमार्गअन्‍तर्गत  दोगडाकेदार गाउँपालिका ६ चम्तडीस्थित सडकमा राखिएको बम  सेनाको टोलीले निष्क्रिय पारेको हो।

वेवारिसे अवस्थामा फेला परी निष्क्रिय पारिएको  उक्त शंकास्पद बस्तु डेक्ची बम रहेको बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। शुक्रबार राति बीचसडकमा भेटिएको उक्त बमलाई दार्चुलाबाट आएको सेनाको टोलीले निष्क्रिय पारेको हो।

 उक्त बम कसले र किन राखेको भन्ने खुल्न सकेको छैन। विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दको आह्वान गरेकाले उक्त समूहले नै बम राखेको हुन सक्ने आशंका गरिएको छ।

यसैबीच, रातिदेखि अवरुद्ध भएको राजमार्ग सुचारु भएको छ। सडकमा राखिएको बमका कारण बन्द भएका सवारीसाधन पनि बम निष्क्रिय पारिएसंगै सञ्चालनमा आएका छन्। रोकिएका सवारीसाधनलाई प्रहरीले स्कटिङ गरेर गन्तव्‍यमा पुर्‍याएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.