|

विराटनगर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपालका नेता योगेश भट्टराईले नेपकपामा देखिएको विभाजन कुनै पद वा कुर्सीका लागि नभएको बताएका छन्।

आइतबार सुनसरीको इटहरीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले नेकपामा देखिएको विभाजन पद वा कुर्सीका लागि नभई व्यक्तिको स्वेच्छाचारी र प्रतिगमतविरुद्धको आवाज रहेको बताए। ‘नेकपा बनाउन सबैको आ–आफ्नो ठाउँमा महत्त्वपूर्ण भूमिका रहेको छ,’ उनले भने, ‘पार्टीभित्र सबैले समान इज्जतका साथ बस्ने वातावारण बन्नुपर्छ।’

नेता भट्टराईले राजनीतिमा उमेर हद र कार्यकारीको सीमा अवधि तोक्नुपर्नेमा आफ्नो अडान कायम रहेको बताए। उनले ७० वर्षपछि राजनीति गर्न नमिल्ने र दुईपटक भन्दा बढी कार्यकारी हुन नपाइने व्यवस्थाका लागि आज पनि संघर्ष जारी राख्ने स्पष्ट पारे।

सूर्य चिह्न कसैले दाबी गरेर आउने नभई राजनीतिक दलसम्बन्धी ऐनको आधारमा निर्वाचन आयोगले फैसला गर्ने नेता भ्टटराईको भनाइ छ। उनले प्रतिनिभिसभा विघटनको विषय सर्वोच्च अदालतमा पुगेको हुँदा अदालतले संविधानको स्पष्ट व्यवस्थाबमोजिम नै फैसला हुनेमा आफू ढुक्क रहेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.