|
Photo : wionews.com

भारतीय रक्षामन्त्री मनोहर पर्रिकरले राजीनामा दिएका छन्। रक्षामन्त्रीका रुपमा विवादित वक्तव्यका कारण चर्चामा आएका पर्रिकरले गोवाको मुख्यमन्त्री बन्नका लागि राजीनामा दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

गोवा विधानसभा चुनावको शनिबार आएको नतिजामा कुनै पनि पार्टीले बहुमत ल्याउन सकेन। दोस्रो भएको बिजेपीले सरकार बनाउन आवश्यक बहुमत जुटाइसकेको दाबी गरेको छ। ४० सिटको गोवा विधानसभामा बिजेपीले केही साना दलको सहयोगमा बहुमत पेश गरेको समाचारमा जनाइएको छ।

काँग्रेसले पनि सरकार बनाउन आवश्यक २१ सिट पुर्‍याएको दाबी गरेको छ। चुनावमा काँग्रेसले १७ र बिजेपीले १३ सिट जितेका थिए।

समाचारमा जनाइए अनुसार ३/३ सिट जितेका महाराष्ट्रवादी गोमान्तक पार्टी र गोवा फर्वाड पार्टी तथा २ स्वतन्त्र विधानसभा सदस्यले आफूलाई समर्थन गरेको बिजेपीको दाबी छ। आफ्नो १३ सिटमा अरु ८ सिट जोड्दा २१ को आंकडा पुगेको उसको तर्क छ। गोवा फर्वाड पार्टीले त पर्किकरलाई मुख्यमन्त्री बनाउने शर्तमा समर्थनको घोषणा नै गरिसकेको छ।

उता काँग्रेसले पनि आफ्नो १७, समर्थनको आश्वासन दिएका अन्य दलका ३ र एक स्वतन्त्र गरी २१ सिट पुर्‍याएको दाबी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.