|

बस्टन (अमेरिका) : न्यू जर्सी राज्यमा पढ्दै आएका नेपाली विद्यार्थी अजय साह हराएका छन्।

म्याडिसनस्थित ड्रयू युनिभर्सिटीको जुनियर विद्यार्थी साह गत ५ दिनदेखि हराइरहेका परिवारले जानकारी दिएको छ।

हराउनुअघि छालाको कालो ज्याकेट र टाउको छोप्ने खैरो हुडी लगाएका साह ५ फिट ७ इन्च अग्ला छन्। उनका आँखा र कपाल श्याम वर्णको रहेको बताइएको छ।

परिवारले उनी न्यूयोर्क जाने टिकट काट्दै गरेको अवस्थामा अन्तिमपटक देखिएका विश्वास गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.