|

बैतडी : कोरोना महामारी नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएका बैतडीका १ हजार ९ सय जनालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ। सबै स्थानीय तहहरूमा तथ्यांक संकलन भइरहेको छ।

सरकारले स्वास्थ्यकर्मी, सफाईकर्मी र सुरक्षाकर्मीलाई कोरोना विरुद्धको खोपमा प्राथमिकता दिने भएपछि बैतडीमा पनि तथ्यांक संकलन भइरहेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी र एम्बुलेन्स चालकको नाम पठाउन भनेपछि अहिले सबै स्थानीय तहहरूले नाम पठाउन थालेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। उनले भने, ‘प्रदेश सरकारलाई १ हजार ९ सय जनालाई खोप लगाउने भनेर सिफारिस गरेका छौं, सोही अनुसार हाल नाम दर्ताको काम भइरहेको छ ’

जिल्लाबाट एक हजार बढी स्वास्थ्यकर्मी, सफाईकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको नाम अनलाइनमा दर्ता गरेको स्थानीय तहहरूले जनाएका छन्।

जिल्लाको दोगडाकेदार गाउँपालिकामा १७४,पुर्चौंडी नगरपालिकामा १७६ स्वास्थ्यकर्मी र सफाईकर्मी तथा १२६ महिला स्वास्थ्य स्वयंसेविकाहरूको नाम दर्ता गराएको छ।

यस्तै, पाटन नगरपालिकाले १२२ जना , मेलौली नगरपालिकाले १५० जना, शिवनाथ गाउँपालिकाले ५३ जनाको नाम दर्ता भएको छ। सुर्नया गाउँपालिकाले कोरोना विरुद्धको खोपका लागि १२० जना, डिलाशैनी गाउँपालिकाले ६०, सिगास गाउँपालिकाले ७१ जना, पञ्चेश्वर गाउँपालिकाले ६० जना र दशरथचन्द नगरपालिकाले ८४ जनाको नाम दर्ता गराएका छन्‌। यसैबीच जिल्ला अस्पतालबाट अग्रपंक्तिमा खटिएका ६२ जनाको दर्ता गरिएको छ। 

अनलाइनमा नाम दर्ता गराउने क्रम अझै पनि जारी रहेको स्थानीय तहहरूले जनाएका छन्।

कोरोना विरुद्धको खोप लगाउन बैतडीमा जिल्ला अस्पताललाई केन्द्र तोकिएको छ। उक्त खोप केही दिनदेखि लगाइने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.