|

स्याङ्जा : कृषि उत्पादन घट्न थालेपछि आँधिखोला गाउँपालिकाले उत्पादकत्व पहिचान गर्न माटो परीक्षण गरेको छ। गाउँपालिकाले ६ वटै वडाका किसानको खेतीयोग्य जमिनबाट माटोको नमूना संकलन र परीक्षण गरेको हो।

अन्नबाली उत्पादन बढाउन र उपयुक्त बाली पहिचान गर्न माटो परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ। माटोमा अम्लीयपन बढेकाले सुधार प्रयास शुरू गर्ने कृषि प्राविधिक विवेक आचार्यले बताए। उनले भने, ‘माटोको सुधार गर्न यो परीक्षणको थालनी गरेका छौं, अम्लीयपन निराकरण गर्न चुन लगायत आवश्यक सामाग्री वितरण गरिनेछ।’

माटो परीक्षण रिपोर्टअनुसार उत्पादकत्व वृद्धि गर्न कृषकलाई मलको प्रयोग, मौसम अनुकूलका बाली लगाउने विधि जानकारी गराउने र निःशुल्क रूपमा चुन वितरण गर्ने पालिकाको लक्ष्य रहेको छ।

पालिकालाई कृषिमा आत्मनिर्भर बनाउनको निम्ति पहिला समस्या पहिचान गर्न माटो परीक्षण गरिएको आँधिखोला गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.