|

काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकभर थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार सोमबार चार हजार ८५८ जनाको कोरोना परीक्षण गरिएको थियो। 

मन्त्रालयका अनुसार हालसम्म २० लाख ४८ हजार ११३ जनाको पिसिआर परीक्षण गरिएको छ। कुल संक्रमित २ लाख ६९ हजार ७८९ जना छन्। जसमध्ये सक्रिय संक्रमित तीन हजार २४० छन्। 

बितेको २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या दुई हजार ११ जना पुगेको छ।

पछिल्लोपटक ४०१ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६४ हजार पाँच सय ३८ जना संक्रमणमुक्त भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या १३२ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.