|

बेलायती युट्युबर चार्लिघकी बहिनी कोभिड संक्रमित ग्रेस भिक्टरीले कोमाबाट पनि स्वस्थ्य बच्चाको जन्म दिएकी छन्। ३० वर्षीय संक्रमितलाई अझ बढी प्रार्थना जरुरी रहेको उनकी दिदीले चार्लिघले बताएकी छन्।

ग्रेस बकिङ्हमसाइरकी हुन्। डिसेम्बरमा उनलाई कोरोना पुष्टि भएको थियो र त्यही समयमा गर्भवती थिइन्। स्वास्थ्य अवस्था बिग्रिएपछि क्रिसमसको दिन बच्चा जन्माएकी थिइन्। स्वास्थ्यमा गम्भीर समस्या भएपछि उनलाई कोमामा राखिएको थियो ।

डिसेम्बरको अन्त्यमा इन्स्टाग्राममा उनको परिवारले भनेका छन्,' स्वास्थ्य अवस्था राम्रो छ। नवजात शिशुको पनि स्वास्थ्य राम्रो छ। ​चार्लिघले बहिनीको स्वास्थ्यलाई लिएर प्रार्थना गर्न आग्रह गरिन्। 'अस्पतालमा रहँदा उनलाई अझ प्रार्थनाको जरुरी रहेको छ,' सामाजिक सञ्जालमा लेखेकी छन्।

'हाम्रो माया र साथ धेरै छ। सन्चो भएर आउँदा अझ बलियो हुन्छौ। आफ्नो काम र अरुप्रति दृढ छिन्। तिम्रो लागि राम्रो होस् भनी प्रार्थना गर्छौ,' परिवारले भनेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.