|

काठमाडौं : आज २६ जवनरी अर्थात् भारतको  ७२ औं गणतन्त्र दिवस । गणतन्त्र दिवसको अवसरमा भारतीय सेनाको सैनिक परेड र सांस्कृतिक झलक प्रदर्शन गरिँदैछ। सो क्रममा पहिलोपटक भारतीय सेनाले राफेल लडाकू विमानका साथ टी–९० ट्याङ्क, समविजय इलेक्ट्रोनिक युद्धक प्रणाली, सुखोई–३० एमके आई लडाकु विमान समेत प्रदर्शन गर्ने जनाइएको छ। 

सोमबार भारतीय रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार गणतन्त्र दिवसको अवसरमा आयोजित परेडमा १७ वटा राज्य र केन्द्र शासित प्रदेशहरुका झाँकी, ६ वटा रक्षा मन्त्रालयका झाँकी, केन्द्रीय मन्त्रालय र अर्धसैनिक बलका झाँकीसहित ३२ वटा झाँकी देशका समृद्ध सांस्कृति धरोहर, आर्थिक उन्नती र सैन्य ताकत झल्काउने गरी प्रदर्शन गरिनेछ।


त्यस्तै गणतन्त्र दिवसका अवसरमा दिइने पद्म विभूषणबाट जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आवे लगायत सम्मानित हुने भएका छन्  उक्त पुरस्कारबाट आबे र भारतकै दिवंगत गायक एसपी बालासुब्रमण्यमसहित सात जना सम्मानित हुने भएका हुन्। त्यस्तै १० जनालाई पद्म भूषण अवार्ड समेत वितरण गरिँदैछ।

पद्म विभूषण पाउनेहरुमा जापानका पूर्वप्रधानमन्त्री आबे, तमिलनाडुका दिवंगत गायक बालासुब्रमण्यम, तमिलनाडुकै चिकित्सक डा बेल्ले मोनप्पा हेगडे, अमेरिकाका नरिंदरसिह कपानी लगायत रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.