|

काठमाडौं : कक्षा-१२ को परिक्षा नतिजा अबको एक हप्ताभित्र प्रकाशित हुने भएको छ।

नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगिसकेको र अब एक हप्ता लाग्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बताए। विद्यालयले भद्रगोल तरिकाले अंक पठाएका कारण सिस्टममा काम गर्न नसकिएको र जसका कारण रिजल्ट प्रकाशन गर्न ढिलाइ भएको उनले जानकारी दिए। 

अध्यक्ष पौडेलका अनुसार यस वर्ष चार लाख ३३ हजार विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका छन्। परीक्षा गत मंसिर ९ गतेबाट सुरु भएर मंसिर १६ गते सकिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.