|

काठमाडौं : काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ट्राफिक स्वयंसेवक परिचालन गरिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल स्काउटको सहकार्यमा नेपाल स्काउटका १०० जना युवालाई मंगलबारदेखि परिचालन गरिएको हो। ट्राफिक व्यवस्थापनमा कमजोर तथा अस्तव्यस्त भएको ठाउँहरुमा स्वयंसेवक परिचालन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।

स्वयंसेवकहरुले पैदल यात्रु तथा सवारी चालकहरुलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउने भएकाले ट्राफिक व्यवस्थापनमा सहजता आउने उनले विश्वास व्यक्त गरे। स्वयंसेवकको उपयोगिता र सफलता हेरेर आगामी दिनमा परिचालन बढाउँदै लगिने उनको भनाइ छ।

नेपाल स्काउटका आयुक्त लोकबहादुर भण्डारीले स्वयंसेवकहरुले नागरिकलाई सही तरिकाले सही ठाउँबाट बाटो काट्न सिकाउने बताए। ट्राफिक प्रहरीले प्रवाह गर्ने जनचेतनामुलक सन्देशहरु प्रवाहमा स्काउटले सहकार्य गरेको पनि उनले बताए। सडक दुर्घटना तथा विपतबाट बच्न तथा कुनै पनि संकटबाट बचाउन नागरिकलाई जनचेतना अभिवृद्धि गर्न नेपाल स्काउटले सधैँ सहकार्य गर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.