|

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड–नेपाल समूहको युवा संगठनले काठमाडौंमा सिठी जुलुस निकालेको छ।

सोमबार तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको यो समूहले मंगलबार सिठी जुलुस निकालेको हो। लैनचौरबाट सुरु भएको जुलुस असन–इन्द्रचोक हुँदै वसन्तपुर पुगेर सकिएको थियो। 

जुलुसमा युवा संघका संयोजक रामप्रसाद सापकोटा, विद्यार्थी संगठनका सह-संयोजक रञ्जित तामाङ, आरती लामालगायत युवा तथा विद्यार्थी सहभागी थिए। 

हेर्नुस् सिठी जुलुसका तस्वीर

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.