नियन्त्रणमा आउन सकेन, तीन वटै सुरक्षा निकायको टोली प्रस्थान

|

जुम्ला : जुम्लाको तिला गाउँपालिकाको पोख्री गाउँमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाले आगलागीबाट २८ वटा घर जलेर नष्ट भएको बताएको छ।

डिएसपी  माधवप्रसाद  काफ्लेका  अनुसार अहिले पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन। उनले भने, 'आगलागी भएको जानकारी प्राप्त गर्नेबित्तिकै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली घटनास्थलतर्फ पठाइएको छ।

प्रहरीका  अनुसार तिला गाउँपालिकामा रहेको प्रहरी भने घटनास्थलतर्फ पुग्न लागेको छ। आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट गाडीमा ४५ मिनेटको दूरीमा गाउँपालिकाको केन्द्र र त्यहाँबाट हिँडेर ३ घण्टा लाग्ने ठाउँमा छ।

विकट गाउँ भएकाले सदरमुकामबाट गएको टोली बाटोमै छ। डिएसपी  काफ्लेले भने, ‘हामीले जिल्लाबाट टोली पठाएका छाैं। तीन वटै सुरक्षा निकायको टोली त्यसतर्फ प्रस्थान गइसकेको छ।'

स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन्। त्यहाँ पानीको पनि उपलब्धता नभएकोले पनि आगो नियन्त्रणमा ल्याउन समस्या भएको बुझिएको छ। 'आगलागीको कारण पनि पत्ता लागेको छैन,' डिएसपी काफ्लेले भने।

स्थानीयका अनुसार त्यहाँ नागरिक वर्षमा ५ महिना मात्रै बसोबास गर्दछन्। काठैकाठको घरहरु बढी भएकोले आगलागी बढेको आशंका गरिएको छ। आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। मानवीय क्षती नभएको बुझिएको छ।

तर पशुचौपााय भने जेलेर नष्ट भएका खबर आएको सशस्त्र प्रहरीले  जानकारी दिएको छ। जिल्लाबाट गएको टोली १५ मिनेटपछि पुग्ने बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.