|

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेटको पहिलो सेफिफाइनलमा अहिले दुई विभागिय टीम सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लबबीचको खेल जारी छ। 

त्रिवि क्रिकेट मैदानमा नेपाल पुलिस क्लबले टस जितेर फिल्डिङ रोजेपछि एपिएफ पहिले व्याटिङ गरिरहेको छ। अहिलेसम्म अपराजित रहेको एपिएफ समूह ए को बिजेता हो भने चारमध्ये एक खेल हारेको पुलिस उपविजेता बन्दै सेमिफाइनल पुगेको हो। 

बिहीबार हुने अन्तिम सेमिफाइनलमा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ। प्रतियोगिताको विजेतालाइ दश लाख र उपविजेतालाई ५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.