|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा दुई समूहमा विभाजन भएको बेला उपाध्यक्ष वामदेव गौतमले बुधबार औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका छन्।

उक्त अभियान घोषणाका लागि ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा  सुरु भएको कार्यक्रमको अध्यक्षता गौतमले नै गरेका छन्। घोषणा सभामा गौतमले राजनीतिमा कोही पनि स्थायी शत्रु नहुने भन्दै केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै पक्षलाई मिलेर जानुपर्ने धारणा व्‍यक्त गरेका छन्।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य हरि पराजुली, राष्ट्रिय एकता अभियानका अभियन्ता माया ज्ञवाली रमेश महर्जन लगायतको उपस्थिति छ। कार्यक्रममा नेकपाको ओली समुहका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्तो दिइएको भए पनि उनीहरू गएका छैनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा दुई खेमामा विभाजन भएको छ। एक खेमाको नेतृत्व प्रधानमन्त्री ओली र अर्को खेमाको नेतृत्व प्रचण्ड र माधव नेपालले गरेका छन्। उपाध्यक्ष गौतम भने हालसम्म तटस्थ देखिनुभएको छ।

पूर्णपाठ :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.