|

काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकभर थप २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या दुई लाख ७० हजार ३७५ जना पुगेका छन्। जसमध्ये सक्रिय संक्रमित तीन हजार २८६ जना छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार बितेको २४ घण्टामा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणले दुई हजार २० जनाको मृत्यु भइसकेको छ।

पछिल्लोपटक २४६ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६५ हजार ६९ जना संक्रमणमुक्त भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या एक सय २२ छ। नेपालमा हालसम्म २० लाख ५७ हजार ६९ जनाको पिसिआर परीक्षण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.