|

काठमाडौं : मतदाता नामावलीमा त्रुटि भए सच्याउन काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ।

माघ १६, १७ र १८ गते मतदाता नामावली अद्यावधिक गर्न महानगरले भनेको छ। नामावलीमा त्रुटि भए, हटाउनुपर्ने वा दाबी विरोध गर्ने भए राष्ट्रिय सभा गृहमा सम्पर्क गर्न महानगरपालिकाले अनुरोध गरेको छ।

महानगरपालिका प्रमुखको संयोजकत्वमा स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा प्रचारप्रसार समिति सहितको आजको बैठकको निर्णयअनुसार १५ गते नामावली प्रकाशन गर्ने सहमति भएको हो।

सरकारले वैशाख १७ गते पहिलो र २७ गते दोस्रो चरणको  निर्वाचन गर्ने तयारी गरेपछि महानगरपालिकाले मतदाता नामावली अद्यावधिक गरेको हो।  

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.