|

काठमाडाैं : कुनै समय ला लिगाको ए डिभिजन खेलको रायो भालोकानोसँग बार्सिलोनाले आज राति कोपा डेल रेमा प्रतिस्पर्धा गर्दै छ। नेपाली समयअनुसार आज राति भोलि बिहान पौने दुई हुने खेल भालोकानोको मैदान भ्यालिकासमा हुनेछ। 

यसअघि कोर्नेल्लालाई उसकै मैदानमा हराएको बार्सिलोनामा टिमका क्याप्टेका लियोनल मेस्सी खेलमा फर्किएका छन्। मेस्सीले गत जनवरी १८ मा सुपरकोपाअन्तगर्त भएको एथ्लेटिकसँगको फाइनलमा रेड कार्ड खाँदै थप कारबाही भोगेका थिए। विपक्षी खेलाडीलाई फल गरेपपछि उनलाई रेफ्रीले रेड कार्ड दिएका थिए। साथै उनले त्यस खेलमा गम्भीर गल्ती गरेको भन्दै थप कारबाहीमा परेका थिए। 

आज राति हुने खेलमा मेस्सीका अलावा ग्रिजम्यान, मार्टिन ब्रेथवेट, उस्मान डेम्बेले हुनेछन्। आजको खेलका लागि प्रशिक्षक रोनाल्ड कोम्यानले २० जनाको टोली घोषणा गरेका छन्।

जसमा गोलकिपरमा टेर स्टेगनसहित नेटो र अर्नाउ टेनास छन्। यस्तै डिफेन्समा लाइनमा रोनाल्ड अराउखो, क्लेमेन्ट लेंगलेन्ट, जोर्डी अल्बा, जुनियर फिर्पो र मिन्जुगिजार सामुअल उम्टिटी छन्। 

त्यस्तै मिडफिल्डमा सर्जियो बुस्केट, पियानेज, रिकी पुज, पेड्री, फ्रांक डि योङ र मोरिबा छन्। यसैगरी अघिल्लो पंक्तिमा क्याप्टेन मेस्सीसँगै ग्रिजम्यान, मार्टिन ब्रेथवेट, उसमान डेम्बेले र फ्रान्सिस्को ट्रन्काओ छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.