|
फाइल फोटो

सप्तरी : प्रहरीको गोली लागी आफ्ना पाँच कार्यकर्ताको मारिएको विरोधमा सोमबार सप्तरीमा मधेसी मोर्चाको कार्यकर्ताले हिन्दुको महान् पर्व होली पर्व बहिष्कार गरेका छन्। यहाँका जनताले होली बहिष्कारका गर्नुका साथै ५ जनाको मृत्युको शोकमा सामूहिक केश मुण्डनसमेत गरेका छन्। 

राष्ट्रिय मधेस समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डलले हर्षोल्लासका साथ मनाउने होली आफ्ना कार्यकर्ताको मृत्युका कारण नमनाउन आह्वान गरिएको बताए। जसका कारण राजविराज भारदर, कञ्चनपुर, सल्यानपुर, बसदिपिक, पठौना, रुपनीलगायत सहरी तथा ग्रामीण क्षेत्रका मधेसी कार्यकर्ता तथा स्थानीय जनताले होली मनाएका छैनन्।

नेकपा एमालेको मेची महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजमा विरोधका क्रममा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा पाँचजनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएको थियो। एक हप्तापछि बन्द खुलेको सप्तरी जिल्ला होलीको रौनकमा पनि शोकमा डुबेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.