|

काभ्रे : जिल्ला पशुसेवा कार्यालय काभ्रेले जिल्लालाई अण्डा र मासुमा आत्मनिर्भर जिल्ला घोषणा गर्ने तयारी गरेको छ।

धुलिखेलमा आयोजित ‘पशु विकास सेवा अनुदान वितरण तथा गत वर्षहरुको अनुदान कार्यान्वयनको अवस्था' विषयक अन्तक्र्रिया कार्यक्रममा जिल्ला पशुसेवा कार्यालय काभ्रेका प्रमुख डा. नारयाण बहादुर श्रेष्ठले जिल्लालाई छिट्टै अन्डा र मासुमा आत्मनिर्भर घोषणा गरिने बताए। डा. श्रेष्ठले भने ‘हामीले यसअघि नै जिल्लालाई दुधबाट आत्मनिर्भर जिल्ला घोषणा गरिसकेका छौं। अब छिट्टै फूल र मासुबाट पनि आत्मनिर्भर जिल्ला घोषणा गर्दै छौं,'उनले भने,‘त्यसको लागि आवश्यक पूर्वाधार समेत तयार गरिरहेका छौं।’

कार्यक्रममा घाँसेवाली उत्पादन गर्ने खड्ग खरेल, जयकृष्ण सापकोटा र उपेन्द्र प्रसाद तिमल्सिना तीन जनालाई पुरस्कृत गरियो।

कार्यक्रमा जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. श्रेष्ठले जिल्लामा आर्थिक वर्ष २०७३\०७४ मा सञ्चालित विविध कार्यक्रमको विवरण समेत सार्वजनिक गरे। जसअन्तर्गत सहकारी खेती बंगुर तथा खुकुरा पालन खेतीतर्फ एक-एक वटा सहकारीलाई अनुदान वितरण, पिग एण्ड पोर्क सुधार कार्यक्रम अन्तर्गत ६ वटा फर्मलाई अनुदान वितरण, पिग एण्ड पोर्क सुधार कार्यक्रम अन्तर्गत फेटेनिङ फार्मको लागि ४ वटा फर्मलाई अनुदान वितरण, मासुको लागि पाडा पालन  कार्यक्रम अन्तर्गत प्राप्त अनुदान मध्ये २ वटा फर्मलाई अनुदान वितरण, पशु आहारा बिकास राष्ट्रिय अभियान  कार्यक्रम  अन्तर्गत एक जिल्ला एक घाँसश्रोत केन्द्र स्थापना गर्नका लागि ३ वटा फर्मलाई अनुदान वितरण लगायतका विभिन्न २४ वटा शिर्षकमा अनुदान वितरण गरिएको छ।

कार्यक्रममा जिल्ला दुग्ध उत्पादन सहकारी संघ लि. काभ्रेका अध्यक्ष नारायण वडालले जिल्लालाई दुधको आत्मनिर्भतामा निरन्तर राख्नको लागि घाँसको खेतीलाई बढावा दिदैं लागत घटाउनुपर्ने बताए। ‘घाँसको उत्पादनलाई बडावा दिएर बाहिरबाट आयात गर्ने भुस तथा परालको आयातलाई घटाउनु पर्छ ।’ वडालले भने।

विकास अधिकारी कोमल प्रसाद धमलाले काभ्रे जिल्ला काठमाडौं राजधानीको ब्याकअप जिल्ला भएकाले पनि जिल्लालाई कृषि उत्पादनको क्षेत्रमा उत्कृष्ट जिल्ला बनाउन आवश्यक भएको बताए। कार्यक्रमा यसै आर्थिक वर्षमा अनुदान पाएका किसानहरुलाई कार्यक्रम अनुसारको अनुदानको चेक वितरण गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.