|

  • विदुर कटुवाल 

उदयपुर : विगत वर्षहरुको तुलनामा यसपटक उदयपुरमा भव्य तरिकाले होली मनाइएको छ। सोमबार उदयपुरका चोक-चोकमा जम्मा भएर थुप्रैले रंगसँग खेल्दै होली मनाए। उदयपुरको कटारी, बेल्टार, गाईघाट, रामपुर लगायतका क्षेत्रमा होली खेल्नेको संख्या ठुलो थियो।

नेकपा माओवादी केन्द्र उदयपुरका संयोजक विनोद कटुवाल 'दिवस' विगत वर्षहरुको तुलनामा यसपटक उदयपुरमा धेरैले होली खेलेको बताउँछन्। । ‘कर्मचारी, दलका कार्यकर्ता, एनजिओकर्मी, पत्रकार लगायतले सामुहिक रुपमा होली खेलेको देखियो,’  कटुवालले भने, ‘शान्तिपुर्ण रुपमा सभ्य र भव्य होलीको महशुस मैले गरेको छु।’

१० व्यक्ति पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार होलीमा मदक पर्दाथ सेवन गरेर अनैतिक व्यवाहार देखाउनेलाई प्रहरीले पक्राउ गरेको छ। विशेष गरेर भित्रि मधेसमा पर्ने उदयपुरको कटारी, बेल्टार, गाईघाट, रामपुर लगायतका क्षेत्रबाट १० व्यक्तिलाई पक्राउ गरो जिल्ला जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नरबहादुर केसीले बताए। प्रहरीले ५० वटा मोटरसाइकल नियन्त्रणमा रहेको छ। एसपी केसीले विगत वर्षहरुका तुलनामा यसपटक थोरैमात्र व्यक्ति पक्राउ परेको बताए।'विगतमा सयौंको संख्यामा पक्राउ पर्ने गरेका रहेछन्।  तर, यस वर्ष कमै मात्र पक्राउ परे उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.