|
प्रतिकात्मक फोटो

स्विडेन : प्राय अफिसमा कार्यालय समयका बेला खाना,खाजा,चिया र सुत्केरी महिलाको हकमा शिशुलाई स्तनपान गराउने छुट सबैलाई हुन्छ। तर स्विडेनमा सेक्सका लागि एक घन्टाको छुट्टी दिने अचम्मको प्रस्ताव पेश गरिएको छ।

स्विडेनका एक राजनेताले कर्मचारीहरुको सेवा सुविधालाई ध्यानमा राखेर ड्यूटीका बेला सेक्सका लागि एक घण्टाको समय छुट्‍याउनुपर्ने माग गरेका छन्। स्विडेनको सोशल डेमोक्रेट पार्टीका ४२ वर्षीय पेर-एरिक मुसकोसले उत्तरी शहर ओवगरटर्नेओको काउन्सिल बैठकमा यस्तो प्रस्ताव राखेका हुन्।

प्रस्ताव अनुसार 'सेक्स ब्रेक' मा कर्मचारीको तलब काटिने छैन्। उनले यस्तो प्रस्तावले देशको जन्मदर बढ्ने दाबी गरेका छन्।

अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यम एपीका अनुसार यस क्षेत्रका मानिसहरु मानिसहरु निकै व्यस्त जीवन जिउँछन्। यहाँ प्रेमि-प्रेमिका र विवाहित जोडीले एकसाथ समय बिताउने मौका कमै मात्र पाउँछन्। मुसकोसले यस्तो ब्रेक लागु गरेको खण्डमा जोडीहरुबीच सम्बन्ध समेत सुध्रनेछ।

मुसकोसले भनेका छन्,'हरेक क्षेत्रमा अभ्यासका लागि ब्रेक दिइन्छ। सर्वेक्षणले के साबित गरेको छ भने सेक्स पनि अभ्यास हो। त्यसैले सेक्सका लागि ब्रेक दिन अफ्टेरो मान्‍नुपर्दैन।'

स्विडेनमा यसअघि नै कर्मचारीहरुका लागि थुप्रै सुविधा दिइएको छ। यहाँका कर्मचारीहरुले २-३ पटक चियापानका लागि ब्रेक पाउँछन्। त्यस्तै बच्चा जन्मिएको खण्डमा बाबुले ४ सय ८० दिन छुट्टी बस्न पाउँछन्। बाँकी युरोपेली देशका तुलनामा स्विडेनमा कर्मचारीले निकै कम काम गर्छन्। सन् २०१५ मा यहाँका मानिसहरुले औसत १ हजार ६ सय ८५ घण्टामात्रै काम गर्नुपरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.