|

मोरङ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरि लगाउनका लागि पशुपति क्षेत्र विकास कोषसँग ५० करोड रकम अपुग भएकाले ३० करोड रुपैयाँ सरकारले दिन लागेको बताएका छन्।

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले मन्दिरमा चढाइएको पानी तल जाने र त्यसले मन्दिरको भौतिक संरचनामा असर गर्ने हुनाले पुरानो निर्णयानुसारनै जलहरि लगाउने निर्णय कार्यान्वयन गर्न लागिएको जानकारी दिए ।

मन्त्री ढकालले सत्तारूढ पार्टी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को यही माघ २३ गते हुने आमसभाका लागि फराकिलो ठाउँ चाहिएकाले नारायणहिटी दरबार मार्ग क्षेत्र रोजिएको स्पष्ट पारे। उनले संवैधानिक परिषद्को सिफारिस फिर्ताले केही असर नगर्ने जनाउँदै परिषद्को निर्णयअनुसार नै नियुक्ति हुने पनि बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.