|

यहाँ निसंकोच भएको छ संविधानमाथि बलात्कार

अबुझ अचेत जस्तै बनी त्यसैलाई  देख्छौ तिमी चमत्कार

नजिर कस्तो बस्ला ?

यहाँ सबै कुल्चिएर, सत्तामा मैमत्त भएर जन्मिँदैछ तानाशाह

ताली थप्दै, "बा" जप्दै देख्छौ तिमी बादसाह

नजिर कस्तो बस्ला ?

यहाँ गणतन्त्रको खिल्ली उडाउँदै भइरहेछ प्रतिगमन

त्याग तपस्या बलिदान बिर्सिएर त्यसैलाइ देख्छौ तिमी अग्रगमन

नजिर कस्तो बस्ला ?

यहाँ शिथिल पारिँदैछन् राज्यका निकाए हाबी हुँदैछ व्यक्तिवाद

मौलाउँदै छ भ्रष्टाचार त्यसैलाई खुशी हुँदै देख्छौ तिमी समाजवाद

नजिर कस्तो बस्ला ?

यहाँ बाल मस्तिष्क प्रष्ट हुने गरी बसाइँदै छ सेटिङको संस्कार

भविष्‍य नहेरी गर्व गर्दै त्यैलाई देख्छौ तिमी पुरस्कार

नजिर कस्तो बस्ला ?

यहाँ संविधानको पक्षमा बोल्नेलाई अन्धाधुन्ध यातना दिँदैछ भक्षक

इतिहास साक्षी हुनेछ भो अब त्यसैलाई देख्न छोड रक्षक

नजिर कस्तो बस्ला?                                                                                           

                                                                                     अरविन्द्र भट्टराई, तनहुँ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.