|

कालिकोट : ‘सत्य तथ्य निष्पक्ष पत्रकारिता जिम्मेवार र जवाफदेही पत्रकारिता’ भन्ने मूलनाराका साथ नेपाल पत्रकार महासंघ कालिकोटको १३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेको अध्यक्षता,कर्णाली प्रदेश सरकार सदस्य तथा संसदीय दलका सचेतक कुर्मराज शाहीको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाही,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णचन्द्र चैँलागाईँ, पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो।

 कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्णाली प्रदेशसभा सदस्य कुर्मराज शाहीले पत्रकारका कलम नचलेको भए आज पन्चायती व्‍यवस्था नहट्ने तथा शासन पद्दति परिवर्तनका लागि पत्रकारले ठूलो भूमिका खेल्नुपर्ने बताए।

साथै, भौगोलिक कठिनताका बावजुत पनि बिकट जिल्लामा रहेर पत्रकारिताका माध्यमबाट नागरीकलाई सत्य तथ्य सूचना समचार सम्प्रेषण गरेकोमा धन्यवाद दिए। शाहीले पत्रकारले तथ्यमा रहेर समचार लेख्नुपर्ने बताउदै केही मिडिया र पत्रकारले तथ्य हिन समचार लेखेको भन्दै पत्रकार बार्गेनिङ मा नलाग्न आग्रह गरे।

पत्रकार राज्यको चौथो अंग भएकाले सबै नागरिकलाई न्यायपूर्ण रुपमा समचार सम्प्रेषण गरी तथ्य खोजी गर्नुपर्ने पनि शाहीले बताए।

पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले पत्रकारको आचारसंहिता पालना तथा कार्यान्वयनमा जोड दिँदै पत्रकार र पत्रकारीता पेशालाई थप मर्यादित बनाउन पहल गर्नु आवश्यक रहेको बताए।

महासंघको भवन थप व्‍यवस्थापनका लागि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आर्थिक प्रतिवेदनसमेत दिइएको छ। आर्थिक बर्ष २०७६–०७७ मा ३७ जना नयाँ सदस्य नेपाल पत्रकार महासंघ कालिकोटमा सिफारिस गरिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.