|

कोरोना भाइरसबारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले तयार पारेको टिम चीनको वुहान सहर पुगेको छ। उनीहरुलाई चीन प्रवेश गर्न चीन सरकारले यसअघि रोक लगाएको थियो। वुहान सहरलाई कोरोना भाइरस (कोभिड १९)को उद्गमस्थल मानिएको छ।

अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनका विज्ञहरुको समूह बुधबार त्यहाँ पुगेको हो। वुहान पुगेको समूहले बुधबार त्यहाँ रहेको कोरोना भाइरससम्बन्धी प्रयोगशालाको निरीक्षण गरेको छ। लामो समयको छलफलपछि चीनले डब्ल्यूएचओलाई कोरोनाको उद्गमस्थल मानिएको वुहानमा अनुसन्धान तथा अध्ययनका लागि अनुमति दिएको थियो।

डब्ल्यूएचओले हालै मात्र १० सदस्यीय अन्तर्राष्ट्रिय विज्ञलाई वुहानमा अध्ययनका लागि पठाउने निर्णय गरेको थियो। २०२१ को सुरुदेखि अध्ययन सुरु हुने घोषणा गरिएको थियो। तर, चीनले डब्ल्यूएचओका प्रतिनिधिलाई वुहान जाने अनुमति नदिएपछि हालैमात्र उनीहरु त्यहाँ पुगेका छन्।

सन् २०१९ को अन्त्यमा पहिलो पटक वुहानमा देखिएको कोरोना भाइरसको संक्रमण यतिखेरसम्म विश्वभर नै फैलिएको छ। अझ पछिल्ला दिनहरुमा त यसको नयाँ प्रजातिको पनि संक्रमण सुरु भएको बताइएको छ। 

कोरोना भाइरसको महामारी अझै पनि घट्ने अवस्था देखिएको छैन। विश्वमा दश करोडभन्दा बढी नागरिक संक्रमित भइसकेका छन्। त्यसैगरी यसबाट करिब २२ लाख मानिसको ज्यान गएको छ। खोपको विकास भएको छ र कैयौँ देशमा खोप दिने क्रम पनि सुरु भएको छ। तर यति बेलासम्म पनि कोरोना भाइरसको समस्या घटेको देखिएको छैन। 

डब्ल्यूएचओका विज्ञहरुको समूह वुहानमा रहेको इन्स्टिच्युट अफ भाइरोलोजीमा पुगेर कोरोना भाइरसको उत्पत्ति र यसको विस्तार हुनुका कारणहरुबारे खोजिरहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.