काठमाडौं : चेल्सी एफए कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। गएराति सम्पन्न खेलमा उसले म्यान्चेस्टर युनाइटेडलाई १-० ले निरास पार्यो।
चेल्सीको जितमा कान्टेले निर्णायक गोल गरे। ज्लाटन इब्राहिमोविच तीन खेलको प्रतिबन्धका कारण बेन्चमै रहेको खेलमा एण्डर हरेराले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सिमित भएको थियो।
प्रतियोगिताको सेमी फाइनलमा अब चेल्सीले टोटनह्यामको सामना गर्नेछ। यस्तै अर्को खेलमा म्यान्चेस्टर सिटी र आर्सनल आमनेसामने हुनेछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।