नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोमा बुधबार भएको एक सडक दुर्घटनामा परी चार व्यक्तिको मृत्यु भएको छ।
साथै अन्य ४३ घाइते भएका सरकारी निकायले बिहीबार जानकारी दिएको छ। उक्त दुर्घटना ओयो ओग्बोमोशो राजमार्गमा भएको बताइएको छ। मानिस र जनावर बोकेको एक ट्रक सडकबाट खाडलमा खसेपछि सो घटना भएको थियो।
यस दुर्घटनामा कम्तीमा १४ जनालाई सकुशल उद्धार गरिएको छ। प्रहरीले दुर्घटनाको बारेमा अनुसन्धान सुरु गरेको जनाइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।