|
Photo : abbaskadhim.com

सिरियामा जारी युद्धमा छ वर्षको अन्तरालमा मृत्यु हुने सिरियाली नागरिकको सङ्ख्या ३ लाख २० हजार पुगेको छ। सिरियाली मानवअधिकार समूहको तथ्याङ्क अनुसार तीन लाख २० हजार मृतकमध्ये १७ हजार ४ सय बालबालिका र ११ हजार महिला रहेका छन्।

तथ्याङ्कमा सरकारी सुरक्षा बल तथा सहयोगी लडाकु दस्तातर्फबाट मृत्युवरण गरेका एक  लाख १४ हजार ४ सय ७४ व्यक्ति पनि समावेश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। त्यसैगरी घाइते हुने सिरियाली विद्रोही र कुर्दिस लडाकुको सङ्ख्या ५५ हजार रहेको उक्त संस्थाले जनाएको छ।

तथ्याङ्कअनुसार विगत छ वर्षमा अलकायदा आवद्ध सिरियाली अल नुस्रा फ्रन्ट र इस्लामिक स्टेट (आईएस) समूहका ५६ हजार लडाकूसमेत मारिएका छन्। सिरियामा सन् २०११ को मार्च ११ मा सिरियाली सरकार, विपक्षी र केही बाहिरी शक्तिबीचको राजनीतिक सन्तुलन नमिलेपछि युद्ध सुरु भएको थियो।

रसियाले सिरियाली राष्ट्रपति बसर अल असदलाई दरोरूपमा सहयोग गर्दै आएको छ भने टर्की, अमेरिकालगायत केही मुलुकले विद्रोहीको अधिकारका लागि सहयोग पुर्‍याउँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.