|

सुर्खेत :  नेकपा प्रचण्ड-माधव समूहले आह्वान गरेको देशव्यापी आम हड्तालका कारण कर्णाली प्रदेशको जनजीवन ठप्प भएको छ।

प्रदेश राजधानी सुर्खेत सहित कर्णालीका सबै जिल्लामा हडतालको प्रभाव परेको छ। छोटा तथा लामो दुरीका सवारी साधन स्कूल,  बजार कलकारखाना सबै बन्द भएका छन्।

वीरेन्द्रनगरमा पनि सवारीसाधन, पसल व्यवसाय र उद्योगहरु बन्द अवस्थामा रहेका छन्। बिहानैदेखि नेकपाका कार्यकर्ताहरु बन्द सफल बनाउन सडकमा देखिएका छन्। बजार क्षेत्रका विभिन्न नाकाहरुमा आन्दोलनकारीहरुले जिल्ला तथा प्रदेश नेताहरुको कमाण्डमा टिम आन्दोलनकारी परिचालन गरिएको छ।

यता आन्दोलकारीले भने शान्तिपूर्ण रुपमा आम हडताल भईरहेको बताएका छन्। आम हड्ताल सफल पार्न जनता नै सडकमा  आएको नेकपा प्रचण्ड नेपाल समुहका सुर्खेत जिल्ला सचिव कृष्ण जिसीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.